भौतिक पुर्वाधार तथा सुशासन सम्बन्धी अन्तरक्रिया सम्पन्न

राजन रेग्मी संवाददाता: राजन रेग्मी
भौतिक पुर्वाधार तथा सुशासन सम्बन्धी अन्तरक्रिया सम्पन्न

संघीय संसद, राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको आयोजनामा सोमबार बागलुङमा भौतिक पुर्वाधार तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न ७ वटा निकायका प्रमुखहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा र सुशासनको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।डिभिजन बन कार्यालयले जिल्लाको वनको अवस्था, रुखहरुको विवरण, स्थानीय चुनौती, भाबी कार्यदिशा, जिल्लामा जलवायु परिवर्तनको अवस्था, कार्बन उत्सर्जन, वनजंगलले गर्ने वातावरणीय असर र दिगो विकासको लक्ष्य, कोष तथा लेखा नियन्त्रण कार्यालयले बेरुजुका प्रकार, काम गर्ने र खर्च गर्ने तरिकाबारे आएका समस्याबारे चर्चा गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका विपिन आचार्य लगायतले जिल्लामा भएका भ्रष्टाचार, अनियमितता र सुशासनमा अपनाउनु पर्ने बिधिबारे आफ्नो प्रस्तुती गरे । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले जिल्लाको पूर्वाधार विकासको बिषयमा कार्यपत्र प्रस्तुत गरे ।

भ्रष्टाचार सम्बन्धी जनप्रतिनिधि तथा नागरिक समाज र पत्रकारहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विभिन्न प्रश्नहरु गरे । सभापति तारादेवी भट्टले तीनवटै तहका सरकारहरुको बिकासको मुद्दामा एक बुझाई नहुन्जेल दिगो विकास सम्भव नहुने बताईन् । कार्यक्रममा जिल्लाका विभिन्न तहका जनप्रतिनिधि विभिन्न राजनैतिक दल, जिल्लाका विभिन्न कार्यालय प्रमुखहरु, नागरिक समाज र पत्रकारहरुको उपस्थिति थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal