बैतडी घटनाका दोषीलाई कारवाही गर्न नेपाल महिला संघको माग

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
बैतडी घटनाका दोषीलाई कारवाही गर्न नेपाल महिला संघको माग

नेपाल महिला संघ बागलुङले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाका —७ चडेपानीकी १७ वर्षीया किशोरी भागीरथी भट्ट बलात्कारको घटनाको अपराधीलाई तत्काल पक्राउ गरी कारवाहीको माग गरेको छ । उक्त घटनाले सिंगो मानव जगतलाई कलकिंत पार्ने काम गरेको भन्दै महिला संघले घटनाको घोर निन्दा र भ्रत्सना समेत गरेको छ ।

नेपाल महिला संघले आईतबार नेपाली काँग्रेस बागलुङको पार्टी कार्यालयमा पत्रकार भेटघाट गरी विगतका दिनमा निर्मला पन्त, सम्झना विक, गुलसवा खातुन लगायतका थुप्रै चेलीहरु बलात्कारको शिकार भएको तर सरकारी तवरबाटै घटनामा संलग्नलाई कार्वाही गर्नुको सट्टा पद, पोजिसन र पावरको आधारमा अपराधलाई ढाकछोप पारी घटनाका अपराधीहरुको संरक्षणमा लागि परेको भन्दै अहिलको घटनामा त्यस्तो अवस्था सिर्जना हुन नदिन माग गरेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक प्रेस विज्ञप्तिमा बागलुङकी रुपा गौतमको हत्याको हत्यारा अहिलेसम्म पनि पत्ता लगाउन नसक्ने र कारवाही नहुने कुराले लज्जाबोध भएको बताएको उल्लेख छ । समाजमा हुने जघन्य अपराधका घटनाका दोषीलाई कार्वाही गर्नुपर्ने ठाउँमा मुलुकको नेत्तृत्व गरेको पार्टी आन्तरिक कलह तथा कुर्सीका लागि लडिरहेको र झगडाले नागरिकको स्वास्थ्य, शिक्षा र रोजगारीका कुरा ओझेलमा परेको बताइएको हो ।
नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, सचिव उषा पौडेलको सञ्चालन तथा संघकी सल्लाहकार खड्ककुमारी खड्काको धन्यवाद मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal